२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

अंकुश लगाउने गरी कानून नबनाउन देउवाको आग्रह

रेडियो नेपाल २०७६ भदौ ११ गते १९:२७

केशव ढुंगाना । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी कुनैपनि कानुन नबनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियनले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने उद्देश्यले सरकारले मिडिया काउन्सील विधेयक ल्याएको आरोप लगाउनुभयो ।

सरकारले मानवअधिकार आयोग, अदालत, प्रेसमाथि नियन्त्रण गरी कम्युनिष्ट शासन लागु गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

सम्बन्धित