तपाईँ सुन्दै हुनुहुन्छः

‘पूर्वाधार निर्माणमा सबै पक्षको सहयोग आवश्यक’

भुषण पोखरेल । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भटराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आवश्यक पूर्वाधार निमार्णमा सबै पक्षको सहयोग आवश्यक भएको बताउनु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिको आज काठमाडौमा बसेको बैठकमा मन्त्री भटराईले भ्रमण वर्षलाई सफल तुल्याउन कुनै प्रकारको साधन स्रोतको कमी हनु नदिने प्रतिवद्धता व्यतm गर्नुभयो ।

उहाँले भ्रमण वर्ष २०२० का लागि प्रत्येक प्रदेशमा प्रदेश पर्यटनमन्त्रीको संयोजकत्वमा कार्यसमिति निमार्ण गरी सात दिनभित्र नामावली भम्रण वर्ष सचिवालयमा पठाउन सम्बन्धित प्रदेशलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, कणाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर साही लगायतले मुलुकमा आउने विदेशी पाहुनाहरुलाई सबै प्रकारका सुविधा प्रदान गर्ने गरी पुर्वाधार निमार्ण गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, आजै मन्त्री भटराइले पर्यटन सम्वन्धी सम्पूर्ण सेवा पर्यटन विभाग काठमाडौंबाट हुदै आएकोमा नेपालको संविधानमा उल्लेख भएबमोजिम अभिलेख र अधिकार सातै प्रदेशलाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button