तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

अच्युत अर्याल । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ पारित गरको छ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

यसैगरी अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक, २०७५ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतीले स्वीकृत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री काठमाडौं बाहिर रहेको समयमा पनि भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद बैठक सञ्चालन गर्नु विधिको साशन विपरित हुने भएकाले तत्काल फिर्ता लिन माग गरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकको शूरुमा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भिडियो कन्फरेन्समार्फत बैठक सञ्चालन गर्न गरिएको मन्त्रिपषिद बैठक सञ्चालन सम्बन्धी कार्यविधिमा तत्काल संशोधन गर्न माग गर्नुभयो ।

उहाँले उच्च प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग हुने सम्भावना बढी भएकाले भिडियो कन्फरेन्सलाई गम्भिरता पूर्वक लिन सरकारसँग आग्रह गर्नुभयो ।

प्रमुख सचेतक खाँणले आफ्नो पार्टीका तर्फबाट सिंगापुरमा उपचार गराइरहुन भएका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक पर्सी १२ गते दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button