तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजार १२०८ अंकमा

काठमाडौं । लगातार तीन कारोबार दिन घटेको शेयर बजार चौथो दिन मंगलबार भने बढेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ४.८७ अङ्कले बढेर १२०८ अंकमा पुगेको छ ।

विगत ४ कारोबार दिनमा सूचक ११ अङ्कले घटेको थियो । मंगलबार सूचक करिब पाँच अङ्कले सुधारिएको छ ।

मंगलबार १ सय ६७ कम्पनीहरुका आठ लाख ५० हजार कित्ता शेयरहरु २४ करोड ४६ लाख रुपैयाँ मा किनबेच भएका छन् ।

नियमित शेयर कारोबारमा लगानीकर्ताको सहभागिता न्यून भएको कारण सूचक बढेको भएपनि कारोबार रकम भने २४ करोड रुपैयाँमा खुम्चिएको हो ।

मंगलबार सबैभन्दा बढी एनआइसि एसिया बैंकको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button