तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो अभ्यास खेलमा नेपाली टोली पराजित

अजय बम । नेपाली यू –१९ क्रिकेट टोली पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू–२३ सँग ३ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य एसएससीले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

एसीसी य १९ एसिया कप सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंकामा चल्ने छ । एसिया कप अघि नेपालले थप दुई अभ्यास खेल खेल्ने छ । नेपाल भाद्र ७ मा त्यसतर्फ लागेको थियो ।

समुह बी मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका, बंगलादेश र युएईसँग खेल्ने छ । समुह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् ।

समुहका शीर्ष दुई दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button