तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा विद्युतीय गाडी उत्पादन गरे सरकारले अनुदान दिने

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विद्युतीय गाडी बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने भन्दै विदेशबाट गाडी ल्याउनु भन्दा स्वदेशमै बनाएर विक्री गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नाडा अटो शो २०१९ को मंगलबार काठमाडौंमा उद्घाटन गुर्नहुँदै मन्त्री खतिवडाले स्वदेशमै गाडीहरु निर्माण गरेर विक्री गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खतिवडाले कर मुलुकको समृद्धिको आधार भएकोले व्यवसायीहरुलाई ईमान्दार भएर राजस्व तिर्न आग्रह गर्नुभयो ।
उहाँले व्यवसायीहरुलाई उद्योग खोल्न अनुरोध गर्दै सञ्चालनका लागि आवश्यक छुट र संरक्षण दिन सरकार तयार रहेको बताउनुभयो ।
काठमाडौंको भृकुटी मण्डपमा सञ्चालन भएको नाडा अटो प्रदर्शनीमा १६० स्टलहरु रहेका छन् । भदौ १५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा करिव ७५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button