तपाईँ सुन्दै हुनुहुन्छः

गोपनियतामा कुनै खतरा छैनः प्रमका सूचना प्रविधि सल्लाहकार

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रबिधि सल्लाहकार अस्गर अलीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक बस्दा गोपनियतामा कुनै खतरा नरहेको बताउनुभएको छ ।
सिंगापुरमा उपचार गराईरहनुभएका प्रधानमन्त्री ओलीले सोमार टेलिप्रिजेन्समार्फत् मन्त्रिपरिषद बैठक गर्नुभएकोमा त्यसको गोपनियतामाथि प्रश्न उठेकोमा सूचना प्रविधि सल्लाहकार अलीले भर्चअल प्राईवेट नेटवर्क– भिपिएन मार्फत् प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच सम्पर्क भएकोले बैठकको गोपनियताको सुरक्षाबारे चिन्ता नलिन आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भनाई सार्वजनिक गर्दै सल्लाहकार अलीले स्पष्ट पार्दै भन्नुभएको छ– ‘हिजो TelePresence मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ ।
यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN (Virtual Private Network) प्रयोग गरेका छौं ।
सम्मानीयज्यूले सिंगापुरबाट transfer भएको सुचना सर्वप्रथम Encrpyt हुन्छ । Encrypted data cloud मा जान्छ । Cloud बाट TP Server (Tele Presence) ले उक्त data ग्रहण गर्छ । त्यसपछि पुनः decrypt हुन्छ र अन्तिममा Action Room काठमाडौँ मा प्राप्त हुन्छ । यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पुर्णतः सुरक्षित रहन्छ ।
सुरक्षा गोपनियताको आचारसम्हिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आंट गर्न सक्दैन । यसलाई सामन्य skype call, facebook live, youtube streaming जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button