तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक अपराध गर्नेलाई जेल सजाय हुनुपर्छः अर्थमन्त्री

काठमाण्डौ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अपराध गर्नेहरुलाई एक दिन भएपनि जेल सजाय हुनुपर्ने बताउनुभएको छ ।
संसदको अर्थ समितिको मंगलबार बसेको बैठकमा अर्थमन्त्री डा. खतिवडाले पैसाले राज्यका सबै प्रणालीलाई हात लिन सकिन्छ भन्ने मानसिकता अन्त्यका लागि भए पनि आर्थिक अपराधमा जेल सजायको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधयेक २०७५ माथि भएको दफावार छलफलमा सदस्यहरुले अपराध गर्नेहरुलाई सजाय दिनुपर्ने तर कार्वाहीको नाममा उधोगी व्यवसायीलाई आतंकित पार्न नहुनेमा जोड दिनुभयो । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आर्थिक अपराध नियन्त्रण गरी राजश्व असुली गर्ने निकाय राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याईएकोमा आफनो विमति रहेको बताउनुभयो । समितिका सदस्य डा. भट्टराईले नेपालको अर्थतन्त्र अझै खुला र पारदर्शी नभई सकेको बेला राजश्व चुहावट नियन्त्रणका लागि व्यबसायीलाई मात्र अंकुश लगाएर सफलता प्राप्त नहुने, कर्मचारी र राजनीतिक नेतृत्वलाई समेत जिम्मेवार बनाउनुपर्ने धारणा राख्नुभयो ।
पुर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे र ज्ञानेन्द्र वाहादुर कार्कीले राजश्व अपचलनमा जेल भन्दा आर्थिक जरिवानालाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।
लामो समयदेखि अर्थ समितिमा उक्त बिधेयक माथिको छलफल जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button