तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षपछि पुग्यो चामल

हुम्ला-नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।

काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ । हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको हो ।

स्थलमार्गको काठमाडाँैबाट केरुङ, हिल्सा हुँदै सिमकोट पुग्न प्रतिकेजी रु ४२ भाडा लाग्ने गरेको नेपाल खाद्य संस्थानका सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिनुभयो । अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट हवाइमार्गमा रु १०५ पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि नपुगेको पाइएको हो । स्थलमार्गबाट चामल नपुग्दा नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्ट आफँै काठमाडाँैबाट केरुङ हुँदै सिमकोट डिपोमा चामल पु¥याउनका लागि उक्त नाका हुँदै गाडीमा चामलसँगै आइरहेको बताउनुभयो । काठमाडाँै केरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

केरुङ नाकादेखि हिल्सा जान सरकारी कामकाज गर्नुपर्ने भएकाले दुई दिन लाग्ने गरेको उहाँले बताउनुभयो । हिल्सादेखि याल्वाङ पुग्न एक दिन गरी स्थलमार्गबाट काठमाडाँैदेखि सिमकोट पुग्न छ दिन लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । हवाइमार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडाँैबाट केरुङ हुँदै आउन छ दिन लाग्नुका साथै झन्झट हुने गरेको छ । काठमाडौँबाट हुम्ला पुग्न स्थलमार्गबाट छ दिन लागे पनि अहिलेसम्म चामल पु¥याउन नसकिएको नेपाल खाद्य संस्थानले स्वीकार गरेको छ ।

ठेकेदारको ढिलासुस्तीले स्थलमार्गको चामल पुग्न एक वर्ष लागेको हो । नेपालगञ्ज र सुर्खेतबाट गरी हवाइमार्गबाट गत आर्थिक वर्षको असारसम्म सिमकोट खाद्य संस्थान शाखामा १३ हजार १०७ क्विन्टल चामल भित्रिएको संस्थानका सुब्बा पोखरेलले जानकारी दिनुभयो । यस्तै दक्षिण क्षेत्रको स्थलमार्गबाट एक हजार १२६ क्विन्टल चामल भित्रिएको उहाँले जानकारी दिनुभयो ।

सिमकोट डिपोमा भित्रिएको चामलमध्ये ११ हजार ९६१ क्विन्टल चामल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । हवाइमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पु¥याउने जिम्मा चङ्खेली देउती बजै जेभीका धु्रव शाहीले लिनुभएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा यस क्षेत्रका स्थानीयवासी दैनिक पिठ्युँमा भारी बोकेर जीविकोपार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button