तपाईँ सुन्दै हुनुहुन्छः

जनमुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

भैरहवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि नौ परियोजना अगाडि बढेको जानकारी दिनु भएको छ ।

नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय रुपन्देही भैरहवाको निरीक्षणका क्रममा मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालमा रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपाल टेलिकम मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई जनमुखी भएर काम गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button