तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं । पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य नेपाली बजारमा सोमवार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुनको मूल्यमा प्रतितोला एक हजारले वृद्धि भई प्रतितोला ७३ हजार ५०० कायम भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ७२ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला एक हजार २०० ले वृद्धि भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । स्थानीय बजारमा चाँदीको मूल्य १० रुपैयाँ वृद्धि भई प्रतितोला ८६० पुगेको छ । आइतबार चाँदी प्रतितोला ८५० मा किनबेच भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको थियो ।

भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला दुई हजार ५०० ले वृद्धि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button