तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन मन्त्रालयद्वारा कार्ययोजना सार्वजनिक

भुवनप्रसाद आचार्य । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफनो चालू आर्थिक बर्षमा सम्पादन गर्ने प्रमुख प्राथमिकताका कार्यक्रमहरु आज सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयका प्रमुख प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गर्दै पर्यटनको माध्यमबाट नेपालको संस्कृति, पर्यटन र सभ्यताको प्रचार विश्वमा पुर्याउने गरी काम गर्ने बताउनु भयो ।

गौतक बुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य समयमा सम्पन्न गर्ने, नागरिक उडयन क्षेत्रको सुधारका लागि विभिन्न कार्यकमहरु अघि बढाउने, नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा मनाउन विभिन्न तयारीहरु यस अवधीमा सम्पन्न गर्ने पनि मन्त्री भटटराईले उल्लेख गर्नु भयो ।

कार्ययोजना घोषणा गर्दै मन्त्री भट्टराईले तीनकुने गौशाला सडकलाई ‘अन्तराष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरी सुन्दरीकरण गर्ने, पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउने पनि जानकारी दिनु भयो ।

काठमाण्डौ, ललितपुर, भक्तपुर र किर्तीपुरमा रात्रीकालिन सम्पदा यात्राको शुरुवात गर्ने, चितवनको नारायणी नदिमा सामुन्द्रिक किनाराको झल्को दिने गरी आवश्यक भौतीक पूर्वाधारहरुको निर्माण गर्ने र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने पनि मन्त्री भट्टराईले उल्लेख गर्नु भयो ।

कार्ययोजनामा त्रिभुवन विमानस्थल हुदै जानै ट्रान्जिटका यात्रुको लागि सुविधा सम्पन्न लाउन्जको व्यवस्था गर्ने ,आन्तरिक र अन्तराष्ट्रिय विमानस्थललाई जोडने बाटोलाई व्यवस्थित गर्ने, भूकम्पबाट प्रभावित ३ सय ८९ वटा सम्पदाहरुको पुर्ननिर्माण शुरु गरी १ सय ५० को निर्माण सम्पन्न गर्ने विषय कार्ययोजनामा रहेका छन् ।

त्यसै गरी कार्य योजनामा पशुपति, लुम्विनी र जनकपुर क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु अघि बढाउने, लुम्बिनीमा आगामी ३ बर्षमा ५ लाख फलफूलका विरुपा रोप्ने, रुपन्देहीको वेलहिया नाकामा पर्यटक तथा तिर्थयात्री स्वागत केन्द्रको निर्माण गर्ने लगायतका विषयहरु पनि मन्त्री भट्टराईले एक वर्षको कार्ययोजनामा अघि सार्नू भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button