तपाईँ सुन्दै हुनुहुन्छः

दाहालको स्मृतिमा भलिबल आयोजना हुने

अजय बम । स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्ने गरी स्थापना भएको प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सवौधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रगतिशील युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीमा नया उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताउनु भयो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ । यो पुस्कार पुरुष भलिबलमा सर्वााधिक धनराशि हो ।

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बिकास गुरुङले जानकारी दिनु भयो ।

एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button