तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रिय सदस्यहरुको कार्यविभाजन यस्तो छ

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकता प्रक्रियामा आएका चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नुका साथै केन्द्रीय सदस्य मनोनयन र जनवर्गीय संगठन र विभागहरुका इञ्चार्ज र सह–इञ्चार्जमा समेत हेरफेर गरिएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी, सचिवालय बैठकले नेकपामा आबद्ध नेता कार्यकर्ताहरूले आफ्ना नेता कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने निर्णय समेत गरेको छ ।
बैठकमा पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टीको प्रवास समिति, महानगर र अन्य केन्द्रीय निकाय तथा सल्लाहकार समिति, राष्ट्रिय परिषद् र आयोगहरुको जिम्मेवारी तोक्न बाँकी रहेको जानकारी दिनुभयो ।

कार्यविभाजन यसप्रकार छ :

भानुभक्त ढकाल, राष्ट्रिय सुरक्षा विभाग प्रमुख

डोरमणि पौडेल, प्रादेशिक मामिला विभाग उपप्रमुख

बेदुराम भुसाल, स्कूल विभाग उपप्रमुख

बिष्णु रिजाल, विदेश विभाग उपप्रमुख

रामकुमार राई, सुरक्षा विभाग उपप्रमुख

सहकारी विभाग उपप्रमुख, कमल चौलागाई

प्रमेश हमाल, नीति अध्ययन प्रतिष्ठान सहसंयोजक

रामकुमारी झाँक्री, इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज

अमृता थापामगर, महिला संघ सहइन्चार्ज

सीता पौडेल, महिला संघ सहइन्चार्ज

सत्य पहाडी, कर्णाली सम्पर्क कमिटी इन्चार्ज

वीरमान चौधरी, सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

सुरेश आलेमगर, आदिवासी जनजाति सहइन्चार्ज

शेरवहादुर तामाङ, आदिवासी जनजाति सहइन्चार्ज

तिलक परियार, दलित मोर्चा सहइन्चार्ज

बोमवहादुर विक, दलित मोर्चा सहइन्चार्ज

महेश्वर दाहाल, प्रेस संगठन सहइन्चार्ज

केदार न्यौपाने, जनसांस्कृतिक महासंघ इन्चार्ज

खगेन्द्र राई, जनसांस्कृति महासंघ सहइन्चार्ज

जीवन घिमिरे, खेलकुद महासंघ सहइन्चार्ज

अजम्बर काङमाङ, खेलकुदु महासंघ सहइन्चार्ज

हिक्मत कार्की, शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

जिल्ला सहइन्चार्जहरु

तिलकुमार मेन्याङबो, ताप्लेजुङ

भगवती चौधरी, सुनसरी

प्रमोदनारायण यादव, सिरहा

हरिनारायण चौधरी, सिरहा

चुडामणि जंगली, कास्की

दीपक देवकोटा, कैलाली

रामचन्द्र साह, पर्सा इन्चार्ज

बलराम खत्री, मजदूर विशेष जिल्ला कमिटी सचिव

प्रतिक्रिया राख्नुहोस्

Back to top button