तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको कालिका वडा नं ७ को कार्यालयमा आगजनी

चितवन । चितवनको कालिका वडा नं ७ को कार्यालयमा आगजनी गरिएको छ । राति सो घटना भएको र बिहान मात्र स्थानीयले थाहा पाएपछि आफुलाई खबर गरेको वडा अध्यक्ष डिल्लीराम दवाडीले बताए ।
आगलागीबाट कार्यालयमा सामान्य क्षति भएको छ । कालिका ७ का वडा अध्यक्ष दवाडीले कसले के कारणले आगलागी गरेको थााहा हुन नसकेको बताए ।
हिजो पनि रत्ननगर १२ को वडा कार्यालयमा आगजनी गरिएको थियो । केही हप्ता अगाडि पनि कालिका कै वडा नं ३ को कार्यालयमा पनि आगजनी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button