तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा प्रतितोला ७२ हजार ५ सय

काठमाण्डौ । पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आइतवार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । दुवै प्रकारका सुनको मूल्य आईतबार प्रतितोला १२ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आईतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार २ सय तोकेको छ । गत शुक्रबार ७१ हजार तीन सयमा छापावाल र ७१ हजार प्रतितोलामा तेजावी सुनको कारोबार भएको थियो । आइतबार सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ८५० कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ वृद्धिको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनु भयो ।

अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यापार युद्धको असर अन्तराष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको देखिएको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button