तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा २ जना विरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइराला विरूद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

काठमाडौंस्थित कलेजका विद्यार्थीहरूले विश्वविद्यालयलाई जरीवान स्वरूप तिर्नु पर्ने रकम मिलाइदिने बहानामा ६ लाख ७५ हजार रुपैयाँ घुस लिएको, अनुसन्धानका क्रममा पुष्टि हुन आएकाले मूख्य अधिकृत कोइरालालाई सोही रकम बराबरको विगो माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आजै अख्तियारले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका, अधिकृत चन्दनकुमार अमात्य विरूद्ध ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button