तपाईँ सुन्दै हुनुहुन्छः

अन्धविश्वासका विरूद्ध जनचेतना फैलाउन साझा प्रयास आवश्यकः सभामुख महरा

केशव ढुंगाना, काठमाण्डौ । सभामुख कृष्णबहादुर महराले सामाजिक कुरिती र अन्धविश्वासका विरूद्ध जनचेतना फैलाउन सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

प्रगतिशील लेखक संघले आज काठमाडौमा गरेको कार्यक्रममा सभामुख महराले सामाजिक विकृति, विसंगति र अन्धविश्वासका विरूद्ध कलम चलाउन लेखक तथा साहित्यकारहरूलाई आग्रह गर्नुभयो ।

सभामुख महराले गीत–संगीत र साहित्यको प्रभाव समाजको तल्लो तहसम्म पुग्ने भएकाले सामाजिक विकृति, विसंगति र अन्धविश्वास हटाउन लेखकहरूले जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button