पासाङलामु राजमार्ग अवरुद्ध
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेको ब्राबलभिरमा वर्षाका कारण पहिरो जाँदा तारजालीको टेवा पर्खाल भासिएकाले पासाङलामु राजमार्ग आज अपरान्हदेखि अवरुद्ध भएको छ ।
प्रमख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार, आज बिहानैदेखि क्रमिकरुपमा सडक भासिँदै गएपछि यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध हँुदा सयौँ सवारीसाधन अलपत्र परेका छन् ।
सडक सञ्चालनका लागि डिभिजन सडक कार्यालय, नुवाकोटको स्काभेटरबाट सडकको भित्ता फोरेर सडक खुलाउने प्रसास भइरहेको छ ।
सडक सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरी समेत परिचालन गरिएका प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्