तपाईँ सुन्दै हुनुहुन्छः

प्राथमिकताका आधारमा नयाँ शहर निर्माणमा लाग्न विकास तथा प्रविधि समितिको निर्देशन

विद्याप्रसाद उपाध्याय, काठमाण्डौ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले कामको प्रगति र प्राथमिकताका आधारमा नयां सहरको निर्माणमा लाग्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

आज सिंहदरबारमा वसेको समितिको बैठकले काठमाडौंको फोहोर ब्यवस्थापनका लागि नुवाकोट र धादिङ जिल्ला संग जोडिएको बन्चरेडांडामा ल्याण्डफिल साईट निमार्ण गर्दा स्थानियका सुझाव र सहभागितालाई ध्यान दिन सुझाव दिएको छ ।
वैठकमा सहरि विकास मन्त्री मोहम्मद इश्तियाक राईले गुणस्तरहिन काममा सम्झौता नगर्ने भन्दै कामलाई गुणस्तरीय रुपमा अगाडि वढाउन अनुगमनलाई तिव्रता दिइने बताउनुभयो ।

वैठकमा सांसदहरुले नयां सहर मात्र थप्ने कामले प्रगति न्यून भएको भन्दै गूरुयोजनाका साथ अघिवढ्नु पर्नेमा जोड दिनु भयो ।

शहरि विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले काठमाडौंको फोहोर ल्याण्डफिल साईट निमार्ण कार्य आगामि दशै सम्म सक्ने गरि भईरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button