तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा योजना कार्यान्वयनबाट सरकार पछि नहट्नेः श्रममन्त्री बिष्ट

सुरेन्द्रमणि त्रिपाठी काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सामाजिक सुरक्षा योजना कार्यान्वयनबाट सरकार पछि हट्न नसक्ने भएकाले यसको कार्यान्वयनमा सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा तथा होटेल संघ नेपालबीच आज काठमाडौमा भएको संयुक्त अन्तरक्रिया कार्यक्रममा श्रममंत्री बिष्टले सामाजिक सुरक्षा योजना रोजगारदात र श्रमिक दुबैकालागि हितकारी भएकाले सुरुमा नौलो जस्तो देखिए पनि बिस्तारै यसबाट फाईदा नै पुग्ने बताउनुभयो ।

मन्त्री बिष्टले स्वदेशी तथा बिदेशी पर्यटकलाई आथित्यता प्रदान गरेर होटेल ब्यवसायीहरुले देशकालागि ठूलो योगदान रहेकाले अबका दिनमा पनि उत्साहकासाथ ब्यवसाय चलाउन आग्रह गर्दै उचित बाताबरण बनाउन सरकार सदैवं तत्पर रहने बिश्वास दिलाउनुभयो ।

कार्यक्रममा होटेल ब्यवसायीहरुले साना ठूला सबै ब्यवसायीलाई एउटै डालोमा राखेर हेर्न नहुने भन्दै साना ब्यवसायीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने मांग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button