तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोट सदरमुकाममा खानेपानी अवरुद्ध

जाजरकोट। जाजरकोट सदरमुकाम खलंगा बजारमा एक सातादेखि खानेपानीको चरम संकट भएको छ । खलंगाबजारमा आपुर्ति हँुदै आएको बुदबुदी मुहानको पानी बाढीपहिरोले विभिन्न स्थानमा पाइपलाइन बगाएर क्षत्ति पुर्याएपछि खानेपानीको अभाव भएको हो ।
एक सातादेखि खानेपानी अवरुद्ध हुँदा खलंगाका स्थानीयबासी, होटल व्यबसायी, अस्पाताल, विद्यालय खानेपानीको समस्याबाट बढी प्रभावित भएको तल्लोथाप्लेका होटल व्यबसायी दिपक वलीले बताउनुभयो । पानी अभावमा दैनिक सरसफाई लगायत कार्य गर्न समस्या भएको छ । खानेपानी अवरुद्ध भएपछि खलंगाको तल्लोथाप्ले, थाल्लेचौर, नयाँबस्ती, ठाँटीवजार, पिपलडाडा, काजीवारा, गैरीखाली, रानागाउँ, शान्तिचौतारा लगायत स्थानका २ हजार ५ सय घरपरिवार खानेपानीबाट वञ्चित भएको भेरी नगरपालिका ३ का वडा अध्यक्ष लिलाबहादुर शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button