तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिभा मिस टिन २०१९ बन्न सफल

सोलुखुम्बु-थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जित्नुभएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल हुनुभएको हो । प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उहाँका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिनुभयो ।

फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि प्रतिभाले पाएको आयोजकले जनाएको छ । सल्लेरीको एक निजी विद्यालयमा एसइई उत्तीर्ण गरेकी प्रतिभा काठमाडौँको ग्रामर कलेज कोटेश्वरमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । राईले उपाधि जितेसँगै सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिनुभएको छ ।

रिबन इन्टरटेनमेन्टद्धारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताउने राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिनुभएको छ । प्रतिभाका बुबा रामसङ्घर्ष किराती थुलुङदूधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हुनुहुन्छ भने आमा दुर्गालक्ष्मी राई शिक्षक हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button