तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामा व्यापक क्रान्ति र छलफल जरुरीः मन्त्री पोखरेल

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताउनुभएको छ ।

मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा शिक्षामन्त्री पोखरेलले हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यम नै शिक्षा भएको बताउनुभयो ।

सरकारले ल्याएको ‘एक विद्यालय एक बिरुवा’ अभियानले पर्यावरण सन्तुलनमा सहयोग गर्ने मन्त्री पोखरेलले बताउनुभयो ।

राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृतको क्रममा अघि बढेको शिक्षा मन्त्रीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button