२०७८ साल कार्तिक १ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया कारागारमा क्षमताभन्दा बढी कैदी

रेडियो नेपाल २०७६ भदौ ७ गते १४:१८

बर्दियाको कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि कैदी बन्दीलाईसँगै जेल प्रशासनलाई पनि व्यवस्थापनको समस्या भएको छ । जिल्लाको एकमात्र कारागारमा १०० पुरुष र २५ महिला गरी १२५ को क्षमता रहे पनि अहिले २६० पुरुष र १२ महिलासहित २७२ कैदीबन्दी रहेका छन् ।

जिल्ला कारागार बर्दियाका निमित्त जेलर डिल्ली पौडेलले कारागारको भवन पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हँुदा व्यवस्थापन गर्न समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्दिया जिल्लामा घर भएका कैदी अन्यत्र जान नचाहेकाले पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा समस्या आएको छ ।’

कारागारको क्षमताभन्दा बढी कैदी बन्दी हुँदा आफूहरुले अनेक समस्या झेल्नु परेको बन्दीको गुनासो छ । क्षमताभन्दा बढी कैदी बन्दी भएपछि शौचालय, विद्युत्, खानेपानी र स्वास्थ्योपचारमा समस्या हुने गरेको कारागारका बन्दी सुमन थारुले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘शौचालय जानसमेत पालो पर्खनु परेको छ । पर्याप्त पानी नहुँदा दुर्गन्ध फैलने गर्दछ ।’

सम्बन्धित