तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथाको उचाइ अमेरिकाले बढायो चीनले घटायो

काठमाडौं । नापी विभागले सगरमाथा मापनको काम ९० प्रतिशत सम्पन्न गरेको छ । आउँदो पुससम्म सगरमाथाको मापन कार्य सम्पन्न गरिसक्ने विभागको समयतालिका रहेको छ ।

तराईदेखि हिमालसम्मको तत्थ्याङ्क सङ्कलनको कार्य सकिएपनि वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ । फिल्डको काम असारसम्ममा सक्ने लक्षय राखिएको भएपनि वर्षाका कारण १० प्रतिशत काम रोकिएको जनाइएको छ ।

पुससम्म मापनको सबै काम पुरा गरिसक्ने नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा जुनसुकै बेला पनि वर्षा हुने भएकाले त्यस क्षेत्रको काम पहिला गरिएको जानकारी दिँदै डङ्गोलले भन्नुभयो, ‘मौसमका कारण पहिले हिमाली क्षेत्रमा केन्द्रित भयौं त्यसपछि तराईको गर्यौ ।’

नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने सगरमाथाको उचाइ ८८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले हालसम्म यसैलाई आधिकारिक मान्यता दिँदै आएको छ ।

सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । अमेरिकाको मापनमा ८८५० मिटर र चीनको मापनमा ८८४४ मिटर उचाइ निस्किएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button