तपाईँ सुन्दै हुनुहुन्छः

४० वर्षमा जागिर खाने महिला कर्मचारीले अब पेन्सन पाउने कि नपाउने ?

काठमाडौं । नेपाल सरकारको निजामती कर्मचारीको उमेर ५८ वर्षबाट ६० वर्ष भयो भनेर चर्चा चले पनि संघीय ससदको राज्य व्यवस्था तथा सुशासन समितिबाट यसबारे हालसम्म निर्णय भइसकेको छैन । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा बनेको विधेयकमाथिकाे छलफल समितिमा जारी छ ।

समितिले यसबारे ठोस निर्णय नगर्दै कर्मचारीको उमेर हद ५८ बाट ६० वर्ष पुर्याउनुपर्छ भन्ने दबाब भने बढेको छ । समितिले औपचारिक प्रतिवेदन तयार गरेर संसदले पारत गरी प्रमाणीकरण नगरेसम्म कर्मचारीको उमेर ५८ बाट ६० वर्ष पुग्यो भन्ने आधार नरहेको समचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

निजामती सेवाको हिसाबले पुरुष ३५ र महिला ४० वर्षसम्म सेवा प्रवेश गर्न पाउँछन् । यसरी ४० वर्षमा सेवा प्रवेश गरेका महिला ५८ वर्षमै अवकाश हुन्छन् । उनीहरुको जम्मा सेवा अवधि १८ वर्षको हुन्छ । जब कि पेन्सन पाउन २० वर्ष सेवा अवधि पुर्याउनु पर्छ । यसरी अहिले उमेर हद नबढाउने हो भने ४० वर्षमा सेवा प्रवेश गर्ने कर्मचारीले पेन्सन नपाउने अवस्था छ । ४० वर्षमा प्रवेश गरेकालाई पेन्सन दिलाउने हो भने उमेर हद ६० वर्ष पुर्याउनु पर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button