तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा घरवास सञ्चालनमा आउने

वीरेन्द्रनगर-कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो । कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको काम भइरहेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले बताउनुभयो ।

होटलको सहज पहुँच नभएकाले होमस्टे सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । होमस्टे सञ्चालनअन्तर्गत कालिकोटको पचाल झरना होमस्टे तथा उद्यान निर्माण, कालिकोटको खाडाचक्र नगरपालिकाको पिली क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी भइरहेको छ । यस्तै जुम्लाको तातोपानीमा ऐरेनी तातोपानी होमस्टे, बड्डी होमस्टे, मालिका बत्ती होमस्टे सञ्चालनमा आउने भएका छन्् ।

यस्तै डोल्पामा त्रिपुरासुन्दरी बगर होमस्टे, दैलेखको दुल्लु नगरपालिकाको लाफा होमस्टे, मुगुमा झ्यारी, लामाचौर र ताल्चा होमस्टे सञ्चालनमा आउन लागेका छन् । मन्त्रालयका अनुसार रुकुमको स्र्यापु, हुम्लाको सिमीकोट, सल्यानको कुपिण्डे र सुर्खेतको वीरेन्द्रनगरमा पातालगङ्गा होमस्टे सञ्चालनमा आउने भएका हुन् । ती होमस्टे सञ्चालनको तयारीमा रहेको सूचना अधिकारी रोकायले बताउनुभयो ।

होमस्टेमा कोशेली घर तथा सामुदायिक घर निर्माण भइरहेका छन् । कतिपय स्थानमा निर्माणको चरणमै छन् । यस आर्थिक वर्षमा पनि होमस्टे सञ्चालनका लागि बजेट छुट्याइको उहाँले जानकारी दिनुभयो । एउटा होमस्टे निर्माणको लागि रु २५ देखि ५० लाख सम्म बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास निर्माण कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको विकास निर्माणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button