तपाईँ सुन्दै हुनुहुन्छः

जोखिमपूर्ण अवस्थामा राखिएका नौ बालबालिकाको उद्धार

काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा उचित खानपान, बसोबास र शिक्षाको व्यवस्था नगरी जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास केन्द्र, वडा कार्यालय, बालहेल्पलाइन तथा स्थानीय प्रतिनिधिको समन्वय र सहकार्यमा ‘नमूना प्रगतिशील महिला समाज र युवा सामुदायिक सेवा केन्द्र’ द्वारा घरमा जोखिमपूर्ण अवस्थामा राखिएका बालबालिकाको उद्धार गरिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुसालले जानकारी दिनु भयो ।

पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामध्ये बर्दियाका चार, कालीकोटका चार र कैलालीका एक जना रहेका छन् ।

हाल बालबालिकाको अल्पकालिन संरक्षणको व्यवस्था गरिएको र त्यस संस्थाका सञ्चालक तथा संलग्न व्यक्तिलाई आवश्यक अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button