तपाईँ सुन्दै हुनुहुन्छः

सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौं । आज राति देशका पूर्वी भू–भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखी सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानका र पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

भोली देशभर सामान्यदेखी पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जन सहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको बताईएको छ ।

मौसम पूर्वानुमान महाशाखाले चुरेबाट बहने खोलाको बहावमा आकस्मिक बृद्धि हुन सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button