तपाईँ सुन्दै हुनुहुन्छः

एसिया मिडिया समिट आगामी वर्ष नेपालमा हुने

काठमाडौं । एसिया प्रशान्त क्षेत्रीय प्रसारण विकास संस्था ए आई बी डी ले हरेक वर्ष आयोजना गर्ने एसिया मिडिया समिट आगामी वर्ष नेपालमा हुने भएको छ ।

भुटानमा आज सम्पन्न ए आई बी डी को ४५ औं वार्षिक भेला तथा १८ औं साधारण सभामा सहभागी रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले एसिया मिडिया समिट नेपालमा हुने जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट एसिया मिडिया समिट नेपालमा गर्ने प्रतिवद्धता जनाउन भए पछि ए आई बी डी को साधारण सभाले एसिया मिडिया समिट नेपालमा गर्ने निर्णय गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर सरकारका तर्फबाट नेपालमा एसिया मिडिया समिट गर्ने प्रस्ताव गरिएको हो ।

एशिया प्रशान्त क्षेत्रमा प्रसारण विकासका लागि विभिन्न काम गर्दे आएको ए आई बी डी मा रेडियो नेपाल संस्थापक सदस्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button