तपाईँ सुन्दै हुनुहुन्छः

चियाको निर्यात घट्यो

काठमाडौं । विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको छ ।

देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४–७५ को तुलनामा २०७५–७६ मा घटेको तथ्याङ्कले देखाएको छ ।

देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्न समेत समस्या हुने देखिन्छ । आव २०७४–७५ को भन्दा २०७५–७६ मा एक दशमलब पाँच प्रतिशतले चियाको निर्यात घटेको देखिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७४–७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ केजी चिया निर्यात भएकामा गत आर्थिक वर्ष २०७५–७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ केजी निर्यात भएको छ । गत आर्थिक वर्षमा ६४ हजार ७४८ किलो चियाको निकासी कम भएको छ ।

सरकारले चियाका लागि पर्याप्त युरिया मल उपलब्ध नगराउनु, पर्याप्त श्रमिक नहुने लगायत समस्या भएकाले चिया निकासी घटेको चिया उद्यमी उदय चापागाईंले बताउनु भयो ।

नेपालमा वर्षेनी १६ हजार ३६ मेट्रिक टन सिटिसी चिया उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार ६७० मेट्रिक टन, २२० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button