तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालन समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न साधारणसभामा अध्यक्ष गुरुङले प्रस्ताव प्रस्तुत गर्नुहुँदै बैंकले विभिन्न सहायक कम्पनीमार्फत् व्यवसाय गरी आर्थिक सवलीकरणमा सहयोग पुर्याउने बताउनुभयो ।

साधारणसभामा बैंकका शेयरधनीहरू क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरू बल्लभ घिमिरेले राख्नुभएको जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष गुरुङले जवाफ दिनुभयो ।

साधारणसभामा बैंकका संचालक समितिका सदस्यहरू रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थिति थियो ।

त्यसैगरी नायब प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरू महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेशप्रसाद लोहनी तथा बैंक भित्र क्रियाशील तीनवटै ट्रेड युनियनका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को चौंथो त्रैमासिकसम्म बैंकले १ खर्व ९० अर्ब रुपैंयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

विशेष साधारणसभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button