तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरसहित सबै देशको मूल्य बढ्यो, कुन देशको कति ? (सूचीमा हेर्नुहोस्)

काठमाडौं । नेपाली बजारमा साताको छैटौं दिन आज (शुक्रबार) अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ २० पैसा रहेको छ ।

 

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १४० रुपैयाँ ५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button