तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा चट्याङ लागेर १ को मृत्यु, १ घाईते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ८ भित्तेका ५६ बर्षीय मान बहादुर बि।क। को चट्याङले हानेर मृत्यु भएको छ ।

बिहीबार बेलुका ७ बजे आफ्नै घरको भान्सामा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर बि.क.को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी फुङलिङ नगरपालिका १० की ५० बर्षीय श्रीमाया तामाङ चट्याङले लागेर घाईते भएकी छन् ।

बिहीबार राती साँढे ७ बजे आफ्ने घरमा बसिरहेको अबस्थामा अचानक चट्याङले लाग्दा उनी घाईते भएकी हुन् । घाईते तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button