तपाईँ सुन्दै हुनुहुन्छः

आज कृष्ण जन्माष्टमी, मन्दिरमा श्रद्धालुको घुइँचोे

काठमाडौं । आज कृष्ण अष्टमी, भगवान श्रीकृष्णको आराधना गरी कृष्ण देशभर जन्माअष्टमी पर्व मनाइँदै छ । भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्ने गरिन्छ ।

श्रीकृष्ण जन्माष्टमीलाई भगवान श्रीकृष्ण यो मृत्युलोकमा प्रकट हुनुभएको भनेर यो चार्ड मनाउने गरिएको पाइन्छ । यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । श्रद्धालुहरूले बिहानैदेखि लाइन लागेर पूजाआजा गरिरहेका छन् ।

त्यस्तै गोठाटारको श्री नवतन धाममा पनि भक्तजको घुइँचो लागेको छ । भगवान कृष्णको पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button