तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित दुई पक्राउ

पोखरा-लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागुऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय बगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button