तपाईँ सुन्दै हुनुहुन्छः

‘काँग्रेस जनताको भरोसा योग्य पार्टी बन्नुपर्छ’

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस जनताको भरोसा योग्य पार्टी बन्नुपर्नेमा बताउनु भएको छ ।

आजदेखि सुर्खेतको वीरन्द्रनगरमा सुरु भएको नेपाली काँग्रेसको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारको कार्यशैलीका कारण जनताको निराशा छाएको भन्दै काँग्रेसप्रति जनताको विश्वास बढाउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेसलाई शसक्त ढंगबाट अगाडी बढाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको भन्दै कार्यकर्तामा उत्साह छाउने विश्वास व्यक्त गर्नुभयो ।

भोलीसम्म चल्ने प्रशिक्षणमा नेपाली काँग्रेसका २ सय बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button