तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप छनोट:नेपाल र कुवेतबीचको होम खेल कुवेतमा

काठमाडौं। कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल सेप्टेम्बर ५ तारिख विहीवारका दिन कुवेतको दिन शेख जाबेर अहमद स्टुडियममा खेल्ने भएको छ।

नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशालाको पुनःनिर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो होम खेल कुवेतकै मैदानमा खेल्न लागेको हो। त्यस्तै कुवेतले उसको होम खेल भने नेपालमा आएर खेल्नेछ। एन्फाका अनुसार नेपाल र कुवेतबीचको दोस्रो ‘अवे’ खेल आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा हुनेछ।

खेल शेख जाबेर अहमद स्टुडियममा  बिहीबार बेलुका ७.४५ बजेबाट हुने छ । २३ जना खेलाडि र १३ अफिसियल गरि ३६ जनाको नेपाली टिमल सेप्टेम्बरका  १ फ्लाइ दुबईको जहाजबाट कुवेत आउने भएका छन् ।

नेपाली दर्शकहरूलाई मध्यनजर गर्दै खेल हेर्ने सुविधाको लागी फुटबल मैदान प्रवेश टिकट निशुल्क वा सहुलियतमा मिलाउने भन्ने विषयमा कुवेत फूटबल संघ, गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र नेपाल फुटलब संघबीच छलफल भइरहेको बताइएको छ ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया, रहेका छन्। नेपालले चाइनिज ताइपेसँग अवे खेल भदौ २४ गते खेल्नेछ भने होम खेल चैत १२ गते दशरथ रङ्गशालामा खेल्नेछ। त्यस्तै नेपालले असोज २८ गते जोर्डनसँग उसैको मैदानमा खेल्नेछ भने जोर्डनविरुद्धको होम खेल नेपालले विसं २०७७ जेठ २१ गते दशरथ रङ्गशालामा खेल्ने तय भएको छ।

त्यसबाहेक नेपालले अष्ट्रेलियासँग असोज २३ गते उसैको मैदानमा खेल्नेछ भने नेपालले अष्ट्रेलियासँग चैत १८ गते दशरथ रङ्गशालामा खेल्नेछ। उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घले यसअघि नै ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो।

छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रञ्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र विमल पाण्डे छन्।

त्यसैगरी मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ र सुभाष गुरुङ छन्। स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुव श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र भरत खवास छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button