तपाईँ सुन्दै हुनुहुन्छः

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेटवार्ता

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द यादव र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता गर्नुभयको छ  । दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका विदेशमन्त्री जयशंकरले भट्टराई र यादवसँग सामूहिक भेटवार्ता गर्नुभयको हो  । यसअघि बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका उनले यसअघि बिहानै पशुपतिनाथको दर्शन गनुभयको थियो  ।

नेपाल भ्रमणमा आएलगत्तै बुधबार नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गनुभयको थियो  । बुधबारबाट सुरु भएको नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button