२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रहरी समायोजन विधेयक – २०७६’ सर्वसम्मतिले स्वीकृत

रेडियो नेपाल २०७६ भदौ ५ गते १२:३३

काठमाडौ । राष्ट्रिय सभाबाट ‘प्रहरी समायोजन विधेयक – २०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ ।बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभयको थियो  ।

प्रस्ताव सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विधेयक विभेद हटाउने ढङ्गले आएको भन्दै प्रहरीको इच्छाअनुसार समायोजन हुन पाउने व्यवस्था गरिएको बताउनुभयो ।

उनले लैङ्गिक विभेद गरिएको हो कि भन्ने सांसदहरुको प्रश्नमा समायोजन गर्दा कुनै विभेद नहुने गरी विधेयक आएको दावी समेत गर्नुभयो  ।

‘पति–पत्नीलाई एउटै प्रदेशमा समायोजन गर्ने भनेर विधेयक आएको छ । सरुवा र बृति विकासको सन्र्दभमा ध्यान पनि दिइएको छ,’ गृहमन्त्री थापाले पति–पत्नी प्रहरी भए एउटै प्रदेशमा बस्न पाउने गरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यस्तै उनले एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन सक्ने तर निश्चित तहकाप्रहरीलाई मात्रै त्यो व्यवस्था गरिएको पनि बताउनुभयो । उनले नेपाल प्रहरी भनेको संघीय प्रहरी नै भएको भन्दै त्यसमा नअल्मलीन सुझाव दिनुभयो ।

उहाले विधेयकमा बढुवाका सन्दर्भमा पनि विभेद नभएको छैन, ग्रेड थपको व्यवस्था गरिएको भन्दै बढुवाको प्रस्ताव किन नगरेको भन्ने प्रश्नमा संविधान जारी भइसकेपछि तीन पटक बढुवा भइसकेकाले समायोजनका क्रममा बढुवा नगरिएको बताउनुभयो । ‘बढुवा गरेर समायोजन गर्दा संगठनात्मक रुपमा असन्तुलन हुन्छ । अन्तरविरोध हुन्छ,’ गृहमन्त्री थापाले  भनुभयो  ।

 

 

सम्बन्धित