तपाईँ सुन्दै हुनुहुन्छः

पहिराेमा पुरिएर ७० वर्षीय वृद्धकाे मृत्यु

पर्वत । कुश्मा नगरपालिका– २ खुर्कोटमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालिसेलाइ नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजतलास गर्दा मृत अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक स्यामु अर्यालले जानकारी दिनुभयो ।

वर्षा भइरहेका बेला घरभन्दा माथि रहेकाे सिंचाई कुलोमा अत्यधिक पानी भएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button