२०७९ साल जेठ १० गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री उपचारको लागि आज सिंगापुर जानुहुँदै

रेडियो नेपाल २०७६ भदौ ५ गते १०:३८

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज सिंगापुर जानुहुने भएको छ । प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणको लागि फेरि सिंगापुर जान लाग्नु भएको हो । उहाँको भोलि स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री थाइ एयरबाट दिउँसो साढे १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।  १२ वर्षअघि मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीेले सिंगापुरस्थित ‘नेशनल युनिर्भसल हस्पिटल’मा स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

प्रधानमन्त्री स्वास्थ्य परीक्षणको साउनको तेस्रो साता पनि सिंगापुर जानु भएको थियो । ९ दिनको उपचारपछि साउन २७ गते स्वदेश फर्कनु भएको हो । यसअघि सिंगापुर जाँदा उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीलाई केही दिनपछि अर्को परीक्षण गरेर मात्र फर्कन सुझाव दिएका थिए । तर उहाँले राजनीतिक व्यस्तताको कारण देखाएर ‘फेरि आउँछु’ भन्दै फर्किनुभएको हो ।

सम्बन्धित