तपाईँ सुन्दै हुनुहुन्छः

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

रसुवा-मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ । स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङबाट आयात भएको रेडिमेट मालवस्तु लिई काठमाडाँैतर्फ जाने क्रममा ना२ख ३८१६ नंको डिब्बा गोसाइँकुण्ड गाउँपालिका–५ को १२ धुम्ती पुछार राजमार्गको बीच भागमा ब्रेकफेल भई दुर्घटना भएको थियो । राजमार्ग खुला भएलगत्तै रोकिएका दर्जनाँै सवारीसाधन आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ । राजमार्ग खोल्न मद्दतका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button