तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकतन्त्र कमजोर बनाउने षड्यन्त्र अस्वीकार्य’

कुमोद अधिकारी, विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्र कमजोर बनाउने षडयन्त्र काँग्रेसलाई कुनैपनि अवस्थामा स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेता डा. कोइरालाले सरकारले मिडिया काउन्सिल विधेयकलाई तत्काल र्फिता गरेर सरोकारवालासँग छलफल र दलहरुको सहमतिमा मात्र ल्याउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा डिला संग्रौलाले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button