तपाईँ सुन्दै हुनुहुन्छः

उज्वेकिस्तान सेमिफाइनलमा प्रवेश

अजय बम । उज्वेकिस्तान समूह ‘बी’को विजेताका रुपमा एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

च्याम्पियनसिपका सेमिफाइनल पुग्ने उज्वेकिस्तान दोस्रो टोली हो । लगातार दुई खेल जित्दै समूह एबाट कीर्गिस्तान यसअघि नै अन्तिम चारमा पुगेको हो ।

समूह चरणमा लगातार सबै तीन खेल जित्दै उज्वेकिस्तान ९ अंकका साथ अन्तिम चारमा पुगेको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा बुधबार उज्वेकिस्तानले अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

उज्वेकिस्तानले खेल २५–२३,२९–२७,२९–२९ ले जितेको थियो ।

लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको समूह चरणबाटै बाहिरिएको छ ।

अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने बाध्यताकाबीच माल्दिभ्सविरुद्ध बुधबार उत्रेको नेपालले ३–० को सोझो सेटमा हार बेहोर्दै च्याम्पियनसिपको अघिल्लो चरण पुग्नबाट बञ्चित रह्यो ।

माल्दिभ्स २५–२१,२५–२१ र २५–१४ को सोझो सेटमा विजयी भएको थियो ।
बुधबार नै भएको खेलमा लगातार तीन खेल जित्दै उज्वेकिस्तान सेमिफाइनल प्रवेश गरेको थियो ।

समूह एबाट पनि कीर्गिस्तान यसअघि नै विजेताका रुपमा अघि बढिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button