तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता गर्नुहुँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउँदै हुनुहुन्छ । बैठक होटल याक एण्ड यतीमा बुधबार र बिहीबार बस्दै छ ।

उहाँ बुधबार मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावाले जनाएको छ ।

उहाँले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको छ ।विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुहुने छ ।

राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ । त्यसैगरी विदेशमन्त्री एस जयशंकरले प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेटघाट हुने उच्च स्रोतले बताएको छ ।

बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button