२०७८ साल कार्तिक १ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक ११ बजे बस्दै

रेडियो नेपाल २०७६ भदौ ४ गते १०:११

काठमाडौँ । तयारी नपुगेका भन्दै मंगलबार स्थगित गरिएको नेपाल कमयुनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार फेरी बोलाइएको छ ।

नेकपा स्रोतका अनुसार बैठक बुधबार बिहान ११ बजे बस्नेछ । यसअघि मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।

बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारुी बाँडफाँडका विषयमा टुङ्गो लगाउने विषयमा छलफल हुने कार्यसूचि छ ।

सम्बन्धित