तपाईँ सुन्दै हुनुहुन्छः

सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता पछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा बैदेशिक रोजगारमा गएका परिवार तथा बैदेशिक रोजगारबाट फर्केका कृषि कार्य गर्न चाहने उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ ।

कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताउनुभयो ।

बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरुबाट त्यस्तो कर्जा लिन सकिने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button