तपाईँ सुन्दै हुनुहुन्छः

१ अर्ब २८ करोड को बिगो दावी गर्दै ८ जना हुण्डी कारोवारी विरुद्ध मुद्दा दायर

बीरगंज। नगद र चाँदीसहित बीरगंजबाट पक्राउ परेका ७ जना सहित ८ जना हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीले १ अर्ब २८ करोड विगो दाबी गर्दै मंगलबार पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
गत असार ९ गते ४२ लाख नगद र २ किलो ९० ग्राम चाँदीसहित वीरगञ्ज महानगरपालिका–५ माईस्थानमा रहेको केपी स्वर्णकार केन्द्र ज्वेलर्सबाट पक्राउ परेका ८ जनालाई अनुसन्धानपछि १ अर्ब २८ करोड ४२ लाख ३९ हजार ७२३ बिगो दाबीसहित अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो ।
छिपहरमाई गाउँपालिका चेरगाह बस्ने राजकपुर साह, रौतहट चपुर घर भएका सूर्यबहादुर बडवाल, बाराको चैनपुर भवानीपुरका गुलाम साह, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ निवासी राकेशकुमार सिंह र चन्दन सिंह, भारत मोतिहारीका सुनिल प्रसाद, पर्सा विन्दवासिनीका सुजित कुमार र पसलका सञ्चालक कन्हैया साह सोनार विरूद्ध मुद्धा दायर गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो ।
पसलका सञ्चालक कन्हैया साह सोनार भने फरार रहेका छन् ।
अनुसन्धानको क्रममा हुण्डीको कारोवार गर्दा एक वर्षमा १ अर्ब २८ करोड भन्दा बढीको कारोबार भएको पाइएपछि विगोसहित बैंक–वित्तीय संस्था तथा संगठित अपराध मुद्दामा कारवाहीका लागि अदालत पेश गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button